ब्रेकिङ स्टोरी

चिनियाँ राजदूतलाई फिर्ता पठाउन जनमत पार्टीको माग

By खबरहब

September 07, 2023

काठमाडौं– जनमत पार्टीका उपाध्यक्ष तथा सांसद अब्दुल खानले चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन माग गरेका छन्  ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद खानले नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिको विरोध गर्दै ती राजदूतलाई फिर्ता पठाउनुपर्ने माग गरेका हुन् । नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको उनले  स्पष्ट पारेका छन् ।

‘नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । यो कुरा संविधानमा पनि लेखिएको छ । यदि हो भने कुनैपनि विदेशी मुलुकको एउटा राजदूतले नेपालको परराष्ट्र नीति निर्धारण गर्ने होइन । नेपालले को सँग कस्तो सम्बन्ध राख्ने भनेर नेपाल आफैले निर्धारण गर्ने कुरा हो’, उनले भने ।