राजनीति

यादवमाथिको आक्रमण र बालिका निधनबारे जानकारी गराउन सभामुखको रुलिङ

By खबरहब

September 07, 2023

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । 

आजको बैठकको आकस्मिक, शून्य र विशेष समयमा विभिन्न पार्टीका सांसदले घटनाको निन्दा गर्दै घटनाको छानबिन गर्न माग गरेपछि सभामुखले उक्त निर्देशन गरेका हुन् ।