राजनीति

चिकित्सा शिक्षा अयोगको उपाध्यक्षमा अन्जनीकुमार झा नियुक्त

By खबरहब

September 07, 2023

काठमाडौं– सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झालाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष झालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । झा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् । उनी नेपाली कांग्रेसनिकट मानिन्छन् ।

आयोगको उपाध्यक्षका लागि डा अञ्जनीकुमार झा, डा प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस भएको थियो ।