राजनीति

महिला आयोग प्रतिवेदन प्रतिनिधिसभामा पेश

By खबरहब

September 07, 2023

काठमाडौँ– ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौँ वार्षिक प्रतिवेदन (२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म) प्रतिनिधिसभामा पेश गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पेश गरेका हुन् । उनले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम प्रतिवदेन पेश गरेका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २७ गते बुधबार दिनको १ बजे बस्नेछ ।