देश/प्रदेश

गजल

By खबरहब

October 07, 2023

अभाव कस्तो हुन्छ, गरिबको सास बनेर हेर । सहारा कस्तो हुन्छ, अनाथको आस बनेर हेर ।।

तिमी स्वर्ग, म नर्कमा छु विचारै मिल्दैन । मिलन कस्तो हुन्छ, चैतको मधुमास बनेर हेर ।।

घातको दलदलमा फसी, पलपल मरेको मान्छे म । रीत कस्तो हुन्छ, प्रीत कस्तो हुन्छ, आकास बनेर हेर ।।

थाहा छ नी कायरहरू युद्धमा बाँचेर पनि हार्छन् । जित कस्तो हुन्छ वीरको साहस बनेर हेर ।।

भगवतीमाई गाउँपालिका–७, दैलेख