सांकेतिक तस्बिर

देश/प्रदेश

सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

By खबरहब

October 07, 2023

मकवानपुर– मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा नुवाकोटको बेलकोट नगरपालिका–५ का ४२ वर्षीय दीप श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले दिए ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको उक्त स्थानमा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना भएको भण्डारीको भनाइ छ ।

घटना बारे आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।