फाइल तस्वीर

राजनीति

एमालेको सचिवालय बैठक भोलि बस्दै

By खबरहब

November 07, 2023

काठमाडौँ– नेकपा (एमाले)ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिए। 

सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने उनको भनाइ छ ।