ब्रेकिङ स्टोरी

प्रधानमन्त्री दाहाल र अमेरिकी सुरक्षापरिषदकी निर्देशकबीच भेटवार्ता

By खबरहब

December 07, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक एवं दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियल एडमिरल इलिन लाउबाचरबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटमा दुई मुलुकबीचको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबार नेपाल आएकी लाउबाचरले परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा तथा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरिसकेकी छिन् ।