सांकेतिक तस्बिर

देश/प्रदेश

भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

By खबरहब

December 07, 2023

बाजुरा– बूढीनन्दा नगरपालिकामा भीरबाट खसेको ढुंगा लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका-३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ । 

गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुंगा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिएका छन् । 

घाँस काट्दै गरेका बेला एक्कासि भीरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएकी थिइन्  । भीरबाट खसेको ढुंगा लागेर घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताएका छन् ।