मनोरञ्जन

‘एनिमल’ले कमायो विश्वभरबाट ५०० करोड

By खबरहब

December 07, 2023

काठमाडौं– नायक रणवीर कपुर र नायिका रश्मिका मन्दन्नाको मुख्य अभिनय रहेको फिल्म एनिमलले विश्वभरबाट ५०० करोड भारुको व्यापार गरेको छ । 

डिसेम्बर १ बाट प्रदर्शनमा आएको सन्दीप भंगाको निर्देशन रहेको यो फिल्म विश्वव्यापी रुपमा एक सय करोड भन्दा बढीको ओपनिङ गरेको थियो । अहिलेसम्म यो फिल्मले भारतमा मात्रै ३१२ करोडभन्दा माथिको व्यापार गरेको छ । हालसम्म यो फिल्मले ५८८ करोडको व्यापार गरेको छ । 

बिहीबार पनि यो फिल्म हेर्न भारतका हलहरूमा दर्शकको बाक्लो उपस्थिति रहेको भारतीय सञ्चारमाध्ययम अमरउजालाले उल्लेख गरेको छ । 

‘एक्सन थ्रिल्लर’ यो फिल्ममा रणवीर ‘ग्याङ स्टार’को भूमिकामा देखिएका छन् । बाबु-छोराको सम्बन्धमा आधारित यो फिल्ममा बुबाको भूमिकामा अनिल कपुर छन् ।