अपराध

अनलाइन व्यापारको बहानामा ठगी गरेको आरोपमा युवक पक्राउ

By खबरहब

December 07, 2023

काठमाडौं – अनलाइन व्यापारको बहानामा ठगी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

बाँकेको कोहलपुर ७ स्थायी ठेगाना भएका २५ वर्षीय रमेश श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो । श्रेष्ठले अनलाइन व्यापारको बहानामा ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले फेसबुक, टिकटक, इन्स्ट्राग्रामको मार्केट प्लेसमा अनलाइन खाता खोली आईफोन १२ प्रो, आइफोन १३ प्रो जस्ता मोबाइलहरू बिक्रीमा राखेर कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम तिर्नु पर्छ भनी ८ लाख ४ हजार ९ सय ८५ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।