मनोरञ्जन

आविष्कार केन्द्रलाई सहयोग गर्न राजेश पायल राईले जापानमा सांस्कृतिक कार्यक्रम गर्ने

By खबरहब

January 08, 2023

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ जापानमा हुने कार्यक्रममा गायक राजेश पायल राईले सांगीतिक प्रस्तुती दिने भएका छन् ।

सांगीतिक प्रस्तुती दिनका लागि हाल उनी जापानमा छन् । राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ नेपाल आदिवासी जनजाति महासंघ जापानले आयोजना गरेको नेफिन जापान सांस्कृतिक साँझ २०२३ को लागि गायक राईले प्रस्तुती दिन लागेका हुन् ।

गायक राईसहितको टोलीले जापानको फुकुओकामा जनवरी ७, नागोयामा जनवरी ८, चिबामा जनवरी १४, टोकियोमा जनवरी १५ र ओकिनावामा जनवरी १८ मा हुने कार्यक्रममा सांगीतिक प्रस्तुती दिने छन् ।

सांगीतिक कार्यक्रमबाट प्राप्त हुने रकम महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ जापान अध्यक्ष सन्जिव राईले जानकारी दिए ।