राजनीति

नयाँ चिनियाँ राजदूत काठमाडौँमा

By खबरहब

January 08, 2023

काठमाडौँ- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आइतबार काठमाडौँ आएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएपछि छन् सोङ कार्यभार सम्हाल्न काठमाडौँ आएका हुन् । नवनियुक्त चिनियाँ राजदूत सोङ केहि दिन क्वारेन्टिनमा बस्ने र त्यसपछि मात्रै उनले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने बताइएको छ ।

सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल समेत भइसकेका छन् ।