अन्तर्राष्ट्रिय

चीनमा भीषण सडक दुर्घटना हुँदा १९ जनाको मृत्यु

By खबरहब

January 08, 2023

काठमाडौँ- पूर्वी चीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।

यस दुर्घटनामा परी अन्य २२ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।  दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन् ।

यद्यपि बाक्लो हुस्सु लागेका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यसबारे विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ ।