सांकेतिक तस्बिर

देश/प्रदेश

राति आफ्नै घरमा आगो लगाएका विक बिहान मृत भेटिए

By खबरहब

January 08, 2023

काठमाडौँ- दैलेखको भैरवी गाउँपालिका ४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाएका छन् । आत्महत्या गर्न उनले आफ्नै घरमा आगो लगाएका हुन् । शनिबार राति आफ्नै घरमा आगो लगाएका विक आइतबार बिहान आधा शरीर जलेको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ ।

विकले घरमा आगो लगाएपछि स्थानीयवासीले खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । नरेश मजदुरीका लागि भारतमा भएकै बेला उनकी छोरीले केही महिनाअघि आत्महत्या गरेकी थिइन् । त्यस घटनापछि मानसिक रूपमा विक्षिप्त भएका नरेश दुई दिनअघि मात्रै घर फर्केका थिए ।

श्रीमती र चार छोराछोरीलाई छिमेकीको घरमा बस्न पठाई उनले आफ्नै घरमा आगो लगाएको दैलेख प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए । घर जलेर करिब तीन लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।