सांकेतिक तस्बिर

देश/प्रदेश

अछाममा ३४ वर्षीय पुरुष मृत फेला

By खबरहब

January 08, 2023

काठमाडौँ- अछाममा ३४ वर्षीय पुरुष मृत फेला परेका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ९ चिल्ताडास्थित कर्णाली नदीमा ३४ वर्षीय संजयबहादुर विष्ट मृत फेला परेका हुन् । कालिकोट नरहरीनाथ गाउँपालिका–१ कोटवाडाका बिष्ट शनिबार मृत अवस्थामा फेला परेका थिए ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।