ब्रेकिङ स्टोरी

प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दललाई पनि आग्रह गर्ने रास्वापाको निर्णय

By खबरहब

January 08, 2023

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकले वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाएर अघि बढाउने र वर्तमान सरकारलाई विश्वासको मत दिन अन्य दलहरुसंग आग्रह गर्ने निर्णय गरेएको सांसद सन्तोष परियारले जानकारी दिए ।

बैठकमा महामन्त्री मुकुल ढकालले सरकारका न्यूनतम साझा कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने साझा कार्यक्रममा समावेश रास्वपाका मुद्दालाई कसरी कार्यान्वयन गराउने भन्नेबारे पनि छलफल भएको परियारले जानकारी दिए ।

त्यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेले अन्य दलहरुसँग भएका छलफलका बारेमा पनि जानकारी गराएका थिए । परियारले सोमबार पुनः पार्टीको संसदीय दलको बैठक बस्ने र विभिन्न बिषयमा थप छलफल हुने जानकारी दिए ।