फाइल तस्वीर

देश/प्रदेश

मकवानपुरमा मापदण्ड विपरीतका क्रसर उद्योग बन्द

By खबरहब

January 08, 2023

काठमाडौँ मापदण्ड विपरीत मकवानपुर जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालयले आजदेखि बन्द गराएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार मापदण्ड विपरीत सञ्चालनमा रहेका मकवानपुरका एक सय दुई क्रसर उद्योग बन्द गराइएको हो । सरकारले जारी गरेको मापदण्ड नपुगेपछि मकवानपुरका क्रसर उद्योग बन्द गराइएको उनले बताए ।

गृह मन्त्रालयले अवैध क्रसर बन्द गर्ने निर्देशन दिएपछि मकवानपुरमा मापदण्ड विपरीतका उद्योग बन्द भएको कार्यालयले जनाएको छ । गत बुधबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै मकवानपुर जिल्लाभर रहेका अवैध क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको थियो ।

सो निर्देशन दिए लगतै जिल्ला प्रशासन कार्यालय मकवानपुरको सरोकारवालासँग बसेको बैठकपश्चात मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द भएका हुन् ।