तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

आतंकवाद निर्मूल पार्न मध्य एसियाली मुलुकको भूमिका महत्वपूर्ण : भारत

By खबरहब

January 08, 2023

काठमाडौँ– संयुक्त राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि रुचिरा कम्बोजले आतंकवाद निर्मूल पार्ने कार्यमा मध्य एसियाली मुलुकको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् । संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा बोल्दै कम्बोजले मध्य एसियाली मुलुकहरुसँग प्रतिआतंकवाद सहकार्यमा दीर्घकालीन एवम् रचनात्मक वार्ता जारी रहेको समेत बताइन् ।

राष्ट्रसंघ सुरक्षा परिषदको प्रतिआतंकवाद समितिका प्रतिनिधिहरु मध्य एसियाली मुलुकहरुसँग आतंकवादलाई निर्मूल पार्ने विषयमा सघन छलफलमा समेत रहेको उनको भनाइ छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार हालै मात्र समितिका केही पदाधिकारीले प्रतिआतंकवादका विषयमा छलफल गर्न मध्य एसियाली मुलुक उज्बेकिस्तानको भ्रमण गरेका थिए ।

उक्त कार्यक्रममा मध्य एसियाली मुलुकहरुमा इस्लामिक स्टेट, अल कायदाजस्ता आतंककारी समूहको सक्रियताबारे प्रकाश पारिएको थियो ।

उक्त कार्यक्रममा किर्गिजस्तान, तुर्कमेनिस्तान, ताजिकिस्तान जस्ता मध्य एसियाली मुलुकका प्रतिनिधिले आतंककारी गतिविधि निर्मूल पार्न राष्ट्रसंघले गर्दै आएका कामको प्रसंशा गरेका थिए ।