खेलकुद

पब्जी विश्व च्याम्पियनसिप : नेपाली टिम डीआरएस बन्यो उपविजेता

By खबरहब

January 08, 2023

काठमाडौं । पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता बनेको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम उपविजेता बनेको हो । भने टर्कीको एसटूजीले उपाधी जितेको छ ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख अमेरिकी डलर पुरस्कार पाएको छ ।फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औं स्थानमा समेटिएको छ ।