तस्वीर- गुगल

अन्तर्राष्ट्रिय

भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने अल्फबेटका सिईओ पिचाइको दाबी

By खबरहब

January 08, 2023

काठमाडौँ– अमेरिकी प्रविधि कम्पनी अल्फबेटका प्रमुख कार्यकारी अधिकारी सिईओ सुन्दर पिचाइले भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने दाबी गरेका छन् ।

खुला एवम् विस्तृत इन्टरनेटको वातावरण रहेका कारण भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने पिचाइको दाबी छ ।

उनले भारतीय ‘स्टार्टअप’ मा अल्फबेट र अल्फबेटको सहायक कम्पनी गुगलले आफ्नो ध्यान केन्द्रित गरिरहेको बताउँदै यस्ता भारतीय स्टार्टअपमा ३० करोड डलर लगानी गर्ने तयारी भइरहेको समेत बताए ।

भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सका अनुसार यसमध्ये करिब एक चौथाई रकम महिलाद्वारा सञ्चालित स्टार्टअपमा लगानी गरिने पिचाइको भनाइ छ ।

उनले हाल भारत प्राविधिक रुपान्तरणको महत्वपूर्ण समयबाट गुज्रिरहेको बताउँदै खुला इन्टरनेटमा जोड दिनुपर्ने धारणा समेत राखे ।