तस्वीर केसीएनए

अन्तर्राष्ट्रिय

टर्की-सिरिया भूकम्प : उत्तर कोरियाली नेता किमद्वारा सिरियाली राष्ट्रपतिलाई समवेदना सन्देश

By खबरहब

February 08, 2023

काठमाडौँ- उत्तर कोरियाली नेता किम जोङ उनले टर्की र सिरियामा झण्डै ८ हजारको ज्यान लिएको विनाशकारी भूकम्पप्रति सिरियाली राष्ट्रपति बसर अल असादलाई समवेदना पठाएका छन् ।

सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु भएकाप्रति समवेदना प्रकट गर्दै उत्तरी कोरियाली नेता किम जोङ उनले समवेदना सन्देश पठाएका हुन् ।

‘म विश्वस्त छु कि तपाईको नेतृत्वमा सिरियाली सरकार र जनताले जतिसक्दो चाँडो भूकम्पबाट भएको क्षतिलाई जित्नेछन् र प्रभावित मानिसहरूको जीवनलाई स्थिर बनाइनेछ’ किमले सिरियाका राष्ट्रपति बसर अल असदलाई समवेदना प्रकट गर्दै भनेका छन ।