देश/प्रदेश

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

By खबरहब

February 08, 2023

काठमाडौँ- सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सर्लाहीको कविलासी नगरपालिका ७ मा मोटरसाइकल पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

नवलपुर–मलंगवा सडकखण्डमा प्रदेश २ ०३ ००९ प ९१५ नम्बरको मोटरसाइकल सोमबार मध्यराति १२ बजे अनियन्त्रित भई सडक किनारमा रहेको पिलरमा ठोक्किएको थियो ।

दुर्घटनामा कविनासी नगरपालिका ९ सलेमपुरका २७ वर्षीय डिकेश रायको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।