देश/प्रदेश

हवाई सेवा सुरक्षित बनाउन माग गर्दै दायर रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

By खबरहब

February 08, 2023

काठमाडौँ- हवाई सेवा सुरक्षित बनाउन विद्यमान कानून, नीति तथा मापदण्डहरुमा आवश्यक संशोधन गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

हवाई सेवा सुरक्षित बनाउन विद्यमान कानून, नीति तथा मापदण्डहरुमा आवश्यक संशोधन गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले लिखित जवाफ माग गरेको हो ।

रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले यस विषयको गम्भीरतालाई विचार गरी अग्राधिकार प्रदान गरी विपक्षीसँग लिखित जवाफ माग गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।