राजनीति

युएसएडकी प्रमुख पावरद्वारा अर्थमन्त्री पौडेलसँग भेटवार्ता

By खबरहब

February 08, 2023

काठमाडौँ- अमेरिकी विकास सहायता नियोग युएसएडकी प्रमुख सामन्था पावरले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेकी छिन् ।

बुधबार सिंहदरबारमा भएको भेटवार्ताका क्रममा दुईपक्षीय साझेदारीका विषयमा छलफल भएको थियो । सो क्रममा अर्थमन्त्री पौडेलले युएसएडले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । जवाफमा युएसएडकी प्रमुख पावरले नेपालको अर्थतन्त्रको विकासमा आफ्नो सहयोग जारी रहने बताएकी थिइन् ।

यसअघि सामन्था पावरले ५ करोड ८५ लाख अमेरिकी डलर सहायता घोषणा गरेकी थिइन् । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग पनि भेटवार्ता गरेकी थिइन् ।