फाइल तस्वीर

राजनीति

विप्लव नेतृत्वको नेकपाले ५ र १५ फागुनमा देशव्यापी प्रदर्शन गर्ने

By खबरहब

February 08, 2023

काठमाडौँ- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महंगी र चर्को ब्याजदरविरुद्ध फागुन ५ र १५ गते देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ ।

केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले महंगी र चर्को ब्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागेको जानकारी दिए ।

‘मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्दछौं,’ उनले भने ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले हालै सम्पन्न केन्द्रिय समितिको बैठकको निर्णय पनि सावर्जनिक गरेको छ ।