फाइल तस्वीर

राजनीति

सरकारमा जानु र बाहिरिनुको कारणबारे रास्वपाले जनतालाई जवाफ दिनुपर्छ : महामन्त्री थापा

By खबरहब

February 08, 2023

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा जानु र बाहिरिनुको कारणबारे राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई जवाफ दिनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्करणको सवाल’ विषयक विचार गोष्ठीमा धारणा राख्दै महामन्त्री थापाले रास्वपालाई जनताले कल्पना गरेभन्दा धेरै मत दिएको भन्दै उक्त पार्टीले जनतालाई सरकारमा जानु र बाहिरिनुको जवाफ दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले संसदमा अहिलेको व्यवस्थामाथि विषवमन भइरहेको र जात्रा चलिरहेको टिप्पणी गरिन् । उनले देश परिवर्तन गर्ने र त्यसको कार्यान्वयन गर्ने ठाउँमा पुगेकाहरुले कस्तो मुलुक बनाउने भन्ने लक्ष्य लिनुपर्ने धारणा राखिन् ।