फाइल फोटो

राजनीति

राष्ट्रपतिले रात्रिभोज आयोजना गर्ने

By खबरहब

February 08, 2023

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले सांसदहरुका लागि रात्रिभोज आयोजना गर्ने भएकी छिन् ।

राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा रात्रिभोजको आयोजना गर्ने भएकी हुन् ।

संघीय संसदका सांसद्‍हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएको जनता समाजवादी पाटी नेपालका सा‌ंसद राजकिशोर यादवले जानकारी दिए ।

राष्ट्रपतिले आयोजना गर्ने उक्त रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका उच्च अधिकारी, कुटनीतिक नियोगका प्रमुखहरु उपस्थित हुनेछन् ।

आगमी २७ गते संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई संयुक्त सम्बोधन गरेको भोलिपल्ट राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गर्न लागेकी हुन् ।

नेपालको संविधानले दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने जनाएपछि यसलाई विदाई भोजको रुपमा हेरिएको छ ।

निर्वाचन आयोगले २८ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ । जसअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो राष्ट्रपति पाउनेछ ।