राजनीति

प्रधानमन्त्री प्रचण्ड र युएसएडकी प्रमुख पावरबीच भेटवार्ता

By खबरहब

February 08, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय सहयोगका लागि अमेरिकी नियोग युएसएडकी प्रमुख प्रशासक सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उक्त भेटवार्ता भएको हो ।

यसअघि उनले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग भेटवार्ता गरेकी थिइन् ।

सामन्था पावर मंगलबार नै नेपाल आएकी हुन् । नेपाल आएलगतै पावरले उच्चस्तरीय भेटवार्ता गरिरहेकी छिन् ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै सामन्था नेपाल आएकी हुन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदमा सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् ।