फाइल फोटो

राजनीति

कांग्रेसले बोलाएको संसदीय दलको बैठक स्थगित

By खबरहब

February 08, 2023

काठमाडौँ- नेपाली कांग्रेसले २६ माघमा बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ ।

समसमायिक राजनीति, संसदीय समितिमा सांसदहरुको कार्य विभाजन, राष्ट्रपति निर्वाचनलगायतको विषयमा बोलाइएको बैठक अन्तिममा स्थगित गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार अर्को मिति घोषणा नभएसम्मका लागि बैठक स्थगित हुनेछ ।

कांग्रेस संसदीय कार्यसमितिको बैठकल २६ माघमा दलको बैठक बोलाउने निर्णय गरेको थियो । सोही बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरे पनि हिजो सम्पन्न निर्वाचनमा उम्मेदवारी भने दिएन ।

सोही कारण नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपनिर्वाचनमा निर्विरोध हुन पुगेकी थिइन् ।