सांकेतिक तस्बिर

अपराध

बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ

By खबरहब

February 08, 2023

विराटनगर- प्रहरीले बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको छ ।

प्रहरीले सुनवर्षी नगरपालिका–१ मोरङबाट बुहारी बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको हो । यद्यपि पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार उनीमाथि अनुसन्धान जारी छ ।

मोरङ प्रहरीका डिएसपी टीकाबहादुर कार्कीका अनुसार सुनवर्षीकी २५ वर्षीया युवतीले हिजो ५८ वर्षीय ससुराविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा बलात्कार गरेको भनेर किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा अमरदह प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेकाे कार्कीले जानकारी दिए ।

जबरजस्ती करणी मुद्दा चलाउन बुधवार अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान थालेको र पीडित महिलाको विराटनगरमा स्वास्थ्य परीक्षण गरिएको छ ।