राजनीति

युरोपेली सङ्घकी आयुक्त उर्पिलाइनेनद्वारा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता

By खबरहब

February 08, 2023

काठमाडौँ- नेपाल भ्रमणमा रहेकी अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घकी आयुक्त युटा उर्पिलाइनेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् ।

सिंहदरबार पुगी आयुक्त उर्पिलाइनेनले प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा द्विपक्षीय सम्बन्ध र सहकार्यबारे छलफल भएको थियो ।