समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको गहुँसहित ट्याक्टर नियन्त्रणमा

By खबरहब

February 08, 2023

रुपन्देही – सशस्त्र प्रहरीले रुपन्देहीको मायादेवी गाउँपालिका ७ स्थित वनगाईबाट चोरीपैठारीको गहुँसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।

बुधबार करीब ९ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको गहुँ र एक ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

भारतबाट अवैध रुपले लु ३ त १९१९ नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त गहुँ सशस्त्र प्रहरी बल नेपाल बिओपी डण्डा र बिओपी मजगावाले नियन्त्रणमा ल्याएको हो । बरामद गहुँ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।