देश/प्रदेश

परराष्ट्रमन्त्री पौड्याल र बेलायती रक्षामन्त्रीबीच भेटवार्ता

By खबरहब

February 08, 2023

काठमाडौँ – परराष्ट्रमन्त्री डा विमला राई पौड्याल र संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री एन्ड्र्यु मोरिसनबीच भेटवार्ता भएको छ। उनीहरु बिच बुघबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको थियो ।

भेटमा दुईपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको बताइएको छ । मन्त्री पौड्यालले कोभिड १९ महामारीका समयमा नेपालमा सहयोेग गरेकामा बेलायत सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।