आर्थिक

सेयर बजारको कारोबार आज बन्द

By खबरहब

March 08, 2023

काठमाडौँ – आज सेयर बजार कारोबार बन्द हुने भएको छ ।

सरकारले आज (फागुन २४ गते)अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएकाले सेयर बजारको कारोबार बन्द हुने भएको  हो।

अब सेयर बजारको कारोबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियो ।