फाइल तस्वीर

ब्रेकिङ स्टोरी

राष्ट्रपति निर्वाचनको तयारी पूरा

By खबरहब

March 08, 2023

काठमाडौं– राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय संसद्का तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् ।

बानेश्वरस्थित संसद् भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । संघीय संसद्का लागि एउटा र प्रदेशसभा सदस्यहरूलाई अर्को मतदान केन्द्र बनाइएको हो । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ ।