राजनीति

महेश बस्नेत र मेयर शाहबीच भेटवार्ता 

By खबरहब

March 08, 2023

भक्तपुर– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग भेटघाट गरेका छन् । 

बुधबार सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित नेता बस्नेतको निवासमा शाह पुगेका हुन् । शाह र बस्नेतबीचको छलफल काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानमा केन्द्रित रहेको थियो । 

मेयर शाहले केही स्थानीय विकास तथा पुनर्निर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला, पाथिभरा मन्दिर, निर्माणाधीन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गरे ।