ब्रेकिङ स्टोरी

राष्ट्रपति निर्वाचन : कुनै उम्मेदवारलाई भोट नहाल्ने राप्रपाको निर्णय

By खबरहब

March 08, 2023

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ । राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको हो । 

राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्छ भन्ने मत बलियो भएपछि यो निर्णय आएको हो ।  राष्ट्रपति निर्वाचनका लागी सम्पूर्ण तयारी पुरा भइसकेको छ । 

राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम रहेको छ । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।