सांकेतिक तस्बिर

देश/प्रदेश

बुटवलमा एक पुरुषको शव फेला

By खबरहब

March 08, 2023

बुटवल– रूपन्देहीको सैनामैनामा एक पुरुषको शव फेला परेको छ । टाउकोमा चोट लागेको अवस्थामा पुरुषको शव फेला परेको हो ।

सैनामैना नगरपालिका-२ स्थित वावरी पार्टी प्यालेसको नजिकै रहेको प्लटिङ्गमा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक पुरुषसँग हिजो सँगै रहेका ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए । घटनाको अनुसन्धानका लागि अहिले तालिम प्राप्त कुकुरलाई घटनास्थलमा लगिएको प्रहरीले जनाएको छ ।

 शरीरमा चोट रहेकोले हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।