राजनीति

समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्छ : उपसभामुख रानामगर

By खबरहब

March 08, 2023

काठमाडौँ – प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिइन्।

एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा झापाको कनकाई नगरपालिकाले आज आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा उहाँले समाज र राष्ट्र निर्माण लागि महिला एकजुट हुनुपर्नेमा जोड दिईन ।

“जात, धर्म नभनी महिला एकजुट हुनुपर्छ”, उनले भनिन्, “सबै महिलाको विकास गर्नुपर्छ ।” दुर्गम क्षेत्रका महिलाले धेरै कष्टपूर्ण जीवन बिताइरहेका भन्दै उनले दुर्गम क्षेत्रका महिलाको आवाज उठाउनुपर्नेमा जोड दिइन्। महिला सुनको पिँजडामा होइन, स्वतन्त्र भएर सबै महिलाको पक्षमा उभिनुपर्ने उनको भनाइ थियो ।

हालको महिला सभागितालाई वृद्धि गरेर ५० प्रतिशत पु¥याउन सबै महिला एकजुट हुनुपर्ने बताइन् । नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नेपाली महिला उदाहरणीय बन्न लाग्नुपर्ने उनको भनाइ छ ।