ब्रेकिङ स्टोरी

सिंहदरबारका नेतालाई सिसडोलमा डम्प गर्नुपर्छ : बालेन

By खबरहब

April 08, 2023

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टि जनाउँदै कडा टिप्पणी गरेका छन् ।

काठमाडौँको फोहोर उठाउने सन्दर्भमा मेयर साहले शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर राजनीतिक दलका नेतृत्व प्रति कडा टिप्पणी गरेका हुन् ।

उनले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बरु  त्यहाँका नेताहरूलाई सिस डोलमा डम्प गर्नु पर्ने बताएका छन् ।

‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’