तस्वीर : रासस

आर्थिक

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था छ: रक्षामन्त्री खड्का

By खबरहब

April 08, 2023

सुर्खेत – उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन्।

शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनले देशको अर्थतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेका छन् । उनले भने, ‘मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको, कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ ।’

सरकारले हालै मात्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको उल्लेख गर्दै अब त्यसैका टेकेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने जनाए ।

यस्तै, खड्काले चुनावमा गरेका प्रतिबद्धता र प्रधानमन्त्री प्रचण्डले जनतासामू गरेको प्रतिबद्धता अनुसार कर्णालीमा पर्याप्त बजेट पठाइने बताए ।

केन्द्रीय गठबन्धन अनुसार एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर नेपाली कांग्रेस कर्णाली प्रदेशको सरकारमा जाने पनि उनले बताएका छन् ।