सांकेतिक तस्बिर

समाचार

रामेछाप कारागारका कैदी बन्दीको उपचारको क्रममा मृत्यु

By खबरहब

April 08, 2023

रामेछाप – झन्डै दुई महिनादेखि रामेछाप कारागारमा रहँदै आएका एक कैदीको मृत्यु भएको छ।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघि देखी मात्र कारागारमा रहँदै आएका कैदी बन्दीको मृत्यु भएको हो।

रामेछाप कारागारका प्रमुख रुपलाल तामाङका अनुसार लिखु तामाकोशी गाउँपालिका–५ का ५२ वर्षीय वीरे दमाई भन्ने वीरे दर्जीको उपचारको क्रममा मृत्यु भएको हो।

उनका अनुसार कारागारमा रहेको बेला अकस्मात् पेट दुखेको बताएपछि कारागार प्रशासनले उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल रामेछाप लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए।

मृतक दमाईलाई कर्तव्य ज्यान मुद्दामा रामेछाप जिल्ला अदालतले गत फागुन ४ गते मात्रै पुर्पक्षको लागि जेल पठाएको थियो। उनको शुक्रवार निधन भएको हो।