देश/प्रदेश

चितवनमा १८० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

By खबरहब

April 08, 2023

काठमाडौँ- चितवनको राप्ती नगरपालिका–१, लोथरबाट १८० किलो अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले बीआर ०६ जी २१२८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र लुकाईछिपाई ल्याएको गाँजा फेला पारी ट्रक चालक भारत पूर्वी चम्पारण बिहार रक्सोल–८ बस्ने ३० वर्षीय कुन्दन पटेललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुवास भटट्को कमाण्डमा खटिएको टोली विशेष सूचनाका आधारमा लागूऔषध गाँजासहित पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए । बरामद भएको गाँजा सबैको रोहवरमा नष्ट गरिने उनले बताए ।

चालक पटेलले ट्रकको क्याबिनको भागमा फल्स बटम बनाई १६ वटा पोका बनाएर लुकाईछिपाई गाँजा ल्याउन खोजेको कार्कीले जानकारी दिए ।