फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक बस्दै

By खबरहब

May 08, 2023

काठमाडौं– आज संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानन्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषदको बैठक बस्न लागेको हो । बैठक साँझ ६ बजे बस्नेछ । 

उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाइएको हो । उनका अनुसार नयाँ थप कार्यसूची उल्लेख छैन ।

संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्तिम समयमा संवैधानिक परिषद सबन्धी (संसोधन) विद्येयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो । संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई विशेषाधिकार बुँदा थप गरेर विद्येयक ल्याइए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।

प्रमुख प्रतिपक्ष दल एमालेको आपत्ति पछि कार्यसूचीमा समावेश गरिसकेको सो विद्येयक अन्तिममा फिर्ता लिएको थियो । एमालेले संसदीय सुनवाईको पूर्णता पछि मात्रै सो विद्येयक अघि बढाउनु पर्ने सर्त राख्दै आएको छ ।