सांकेतिक तस्बिर

अन्य

नक्कली लालपुर्जा बाँडेर पैसा असुल गर्ने चार पक्राउ

By खबरहब

May 08, 2023

झापा– नक्कली लालपुर्जा दिएर सर्वसाधारणलाई ठगेको आरोपमा चार जना पक्राउ परेका छन् ।

 मेचीनगर नगरपालिका– ६ स्थित मेची डाँडाको ऐलानी जग्गाको नक्कली लालपुर्जा बनाएर बाँड्ने कार्यमा संलग्न चारजना पक्राउ परेका हुन । उनीहरूले एक सय भन्दा सर्वसाधारणबाट रकम उठाएर नक्कली लालपुर्जा बाँडेको खुल्न आएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार नक्कली लालपुर्जा बाँडनेमा मुख्य योजनाकार शिवसताक्षी नगरपालिका– ५ का डिल्लीराम मैनालीसहित मेचीनगर–६ का ७५ वर्षीय भुपध्वज दाहाल, ७३ वर्षीय ज्ञानबहादुर गिरी र ५४ वर्षीय टंक खड्कालाई प्रहरीले हिरासतमा लिइएको छ । सो घटनामा संलग्न एकजना भने फरार रहेका छन् । 

प्रहरीका अनुसार नक्कली लालपुर्जा बाँडने क्रममा पक्राउ परेकाहरूले एक परिवारसँग ९०  हजार रुपैयाँसम्म असुल गरेको खुल्न आएको छ । यसरी बाँडिएको नक्कली लालपुर्जामा सम्बन्धित जग्गाधनीको फोटो टाँस गर्नुका साथै किर्ते सहीछापसमेत गरिएको भेटिएको थियो ।