अन्तर्राष्ट्रिय

विद्यालयको त्यो भयानक दुर्घटना

By मनोज घिमिरे

May 08, 2023

राजधानी बेलग्रेडको भ्रास्कर जिल्लामा अहिले दुखले छोपेको छ। मार्कोभिक सडकमा रूखको लस्कर छ। त्यसै लस्करमा मौन अनुहार बोकेर मानिस मैनबत्ती बाली रहेका छन्। सेता पुष्प गुच्छा र मैनबत्तीको शिखाको मिश्रण पक्कै सुखद होइन।

भ्लाडिस्लाभ रिब्नीकार प्राथमिक विद्यालय र त्यसको छिमेकी विद्यालयमा भएको दुखद घटनाले बेलग्रेड अहिले विक्षिप्त छ। शोक समारोह हुँदै गरेको स्थानमा बुधबार गोली प्रहारमा मारिएका आठ बच्चाको तस्बिर राखिएको छ। साथमा परिवार र साथीहरूले लेखेको हस्तलिखित सन्देश छ। तीन जना किशोरी बाहिर नै एक आपसमा अङ्कमाल गरेर बसेका छन्। उनीहरूको बाबु आएर केही भने पछि उनीहरूका बाबुले यस स्थानमा विगतमा थुप्रै रोमाञ्चक र यादगार घटना धेरैका संस्मरणमा छन्।

भ्लाडिस्लाभ रिब्नीकार प्राथमिक विद्यालय र त्यसको छिमेकी विद्यालयमा भएको दुखद घटनाले बेलग्रेड अहिले विक्षिप्त छ। शोक समारोह हुँदै गरेको स्थानमा बुधबार गोली प्रहारमा मारिएका आठ बच्चाको तस्बिर राखिएको छ।

अहिले परिस्थिति फरक छ। त्यहाँ मान्छेहरूको आवतजावत छ। त्यस आवत जावतमा कुनै उत्साह छैन। केबल रोदन छ। विगतमा त्यहाँ थुप्रै रोमाञ्चक घटना हुन गरेका थिए। स्लाभा महोत्सव भइरहेका थिए। सेन्ट साभाको स्मरणमा नाच, गान र नृत्य भईरहेका थिए।

सेन्ट जर्जको नामा मनाइने स्लाभा जाड सर्बीयाको विशेष थियो। विशेष पर्वको त्यो अन्तिम दिन शोक कार्यक्रमको आयोजना पक्कै दु:खद हो। बुधबारको त्यो घटना अन्तिम थिएन। बिहीबार पनि म्लाडेनोभाक नजिक यस्तै दुर्घटना भएको थियो।

विगतमा यस स्थानको अविच्छिन्न छवि थियो। विद्यालय सुरक्षित मानिएका थिए र बन्दुकका घटना कमै हुन्थे। दुई घटनाले सर्बीयाको समाज प्रतिको विश्वासलाई नै सङ्कटमा धकेलेको छ। ‘यसरी झस्कनुको मुख्य कारण के पनि हो भने कसैले पनि यस किसिमको घटना हुने कल्पनासमेत गरेका थिएनन्’, ग्राफिक डिजाइनर अन्ना डोर्जोभिकले भनिन्। उनको १४ वर्षीय छोरा छन्। साथै उनकी भतिजी पनि त्यही दुर्घटना भएको विद्यालयमा अध्ययन गरिरहेकी छिन्। उनले थप बताइन्, ‘मेरो छोरा सडकदेखि विद्यालयसम्ममा आफूलाई सुरक्षित महसुस गर्न सकी रहेको छैन। ऊ रातभर निदाउन पनि सक्दैन। उनलाई सुताउन र मानसिक रूपमा सबल बनाउन शिक्षकको समेत सहयोग आवश्यक परेको छ।’

विगतमा यस स्थानको अविच्छिन्न छवि थियो। विद्यालय सुरक्षित मानिएका थिए र बन्दुकका घटना कमै हुन्थे। दुई घटनाले सर्बीयाको समाज प्रतिको विश्वासलाई नै सङ्कटमा धकेलेको छ।

सर्बीयाको बजार नै तहसनहस भएको छ। राति कोही निदाउन नै सक्दैन। प्राय भोज र रमितामा बिताउने त्यो स्थानको अहिलेको आवश्यकता फेरिएको छ। ‘हामी बिरानो खालको वातावरण महसुस गर्न सक्छौं। मानिस बिना कुनै सङ्गीत र हाँसो बिना बसी रहेका छन्। यदि यहाँ विदेशी पर्यटक हुँदैन थिए भने व्यापार अत्यन्त न्यून भइसक्ने थियो’, बेलग्रेडको पुरानो सहरको एक लोकप्रिय बार तथा रेस्टुरेन्टका वेटर भोजा सेकिकले भने।

भोजाले आफ्नो घरमा भएको पेस्तोल सम्झिए। दोस्रो विश्व युद्धमा पारिस्टीयनसँय युद्ध गर्नका लागि उनका हजुरबाले चलाएको भएर त्यसको लाइसेन्स भएको हो। उनले भने,‘मैले यसलाई हजुरबाको चिनोको रूपमा जतन गरेर राखेको हुँ। यो निष्क्रिय पनि भएको हुनसक्छ। तर सर्बीयामा धेरै जनासँग अवैध बन्दुक छ।’

यो घटनापछि सर्बीयामा बन्दुकको लाइसेन्स महत्त्वपूर्ण विषय बनेको छ। सन् २०१८ मा स्वीजरल्यान्डमा आधारित एउटा कम्पनीले सर्भे गरेको थियो। सोही सर्भे अनुसार नागरिकको स्वामित्वमा बन्दुक हुने संसारको तेस्रो ठुलो देश हो। सर्बीयामा भन्दा धेरै नागरिकसँग बन्दुक भएको स्थान यमन र अमेरिका हो।

सर्बीयाका राष्ट्रपति अलेक्जेन्डर भुसिकले बन्दुक आक्रमणका बारे सहज प्रतिक्रिया दिए। उनले हरेक विद्यालयमा प्रहरी तैनाथ गर्नुपर्ने बताए। उनको कुराले प्रतिपक्षी दललाई कुनै प्रभाव नै पारेन।

बेलग्रेड सेन्टर फर सेक्युरिटी पोलिसिका उप निर्देशक बोजान एलेकका अनुसार प्रत्येक एक सय घरमध्ये ३९ मा बन्दुक छन्। यसपछि सरकारले बन्दुक आक्रमणलाई निरुत्साहित पार्न धेरैको आवाज बढेको छ। ‘मानिस आत्तिएका छन्। उनीहरू सरकारले नै केही गरोस् भन्ने चाहन्छन्। तर सरकारले कुनै कदम चाल्दा अहिले नै लाइसेन्स हुनेलाई रिस उठ्न पनि सक्छ। उनीहरूलाई आफूले केही गलत नगरेको महसुस छ।’

केही अधिकारीको त्यो बन्दुक आक्रमण प्रतिको प्रतिक्रिया नै असहज छ। शिक्षा मन्त्री ब्रान्को रुजीज पाश्चात्य मान्यताको संरक्षण भएको बताउन चाहन्छन्। युरोपेली युनियनमा आबद्ध हुने सर्बीयाका लामो समय देखिको प्रयासलाईसमेत यसले अवरुद्ध पारेको छ। युरोपेली युनियनको सदस्यता लिनका लागि यसको पक्षमा वकालत गरीरहेका सर्बीयाका लागि युरोपेली मुभमेन्टका सचिव जजेडना कोभाकले पश्चिमा मान्यताको उपजको रूपमा लिन नहुने बताएकी छिन्। ‘युरोपेली युनियनको सदस्यता लिन चाहने हो भने यस्तो प्रतिक्रिया हामीले दिनु पनि हुँदैन’, उनले भनिन्।

यो घटनापछिको प्रक्रियाको कारण पनि अबका केही दिन सर्बीयाको अवस्था एकदमै कठिन छ। घटनाका स्मरण गर्ने त्यस दिनलाई सम्झेर सायद धेरै वर्ष रोइ रहेका हुनेछन्।

सर्बीयाका राष्ट्रपति अलेक्जेन्डर भुसिकले बन्दुक आक्रमणका बारे सहज प्रतिक्रिया दिए। उनले हरेक विद्यालयमा प्रहरी तैनाथ गर्नुपर्ने बताए। उनको कुराले प्रतिपक्षी दललाई कुनै प्रभाव नै पारेन। उनीहरूले सरकार निरीह साबित भएको बन्दै सोमबारका लागि विरोध कार्यक्रमको आयोजना गरेका छन्। ‘‘हामीलाई विद्यालयमा धेरै प्रहरी आवश्यक छैन। ग्रिन वामपन्थी दलका डोब्रीरका सेलेसेनभीकले भने, ‘हामीलाई मनोविश्लेषक हुनु आवश्यक छ। राम्रो शिक्षा चाहिएको छ। हामी आफैसँग इमानदार बनाउने शिक्षा चाहिएको छ। हामीसँग ३० वर्ष लामो हिंसात्मक इतिहास र शिक्षा छ। त्यो अब चाहिएको छैन।

यो घटनापछिको प्रक्रियाको कारण पनि अबका केही दिन सर्बीयाको अवस्था एकदमै कठिन छ। घटनाका स्मरण गर्ने त्यस दिनलाई सम्झेर सायद धेरै वर्ष रोइ रहेका हुनेछन्। बुधवार १३ वर्षका युवाले आफ्नै सहपाठी ८ जनालाई गोली प्रहार गरेर मार्नु कम्ती आश्चर्यजनक थिएन। त्यस समयमा ६ जना त अस्पतालमा भर्ना नै गरिए। १९ वर्षीया एक युवतीको अनुहार त हेर्ने नसकिने थियो। एलेक्सा ओब्रीनीले घटना स्थलमा हस्तलिखित चिठी छाडेकी छिन्। १३ वर्षका बालकबाटै यो हत्या हुनु समाज नै असफल भएको उनको ठहर छ।

घटनापछि त्यो बालकलाई त प्रहरीले गिरफ्तार गरेको छ। उसका बाबुले दुवै बन्दुक वैध रूपमा नै राखेका रहेछन्। त्यहाँ मारिएका आठ जनामध्ये सात जना बालिका छन्। सर्बीयाको त्यो घटना मानव इतिहासको कलङ्क मात्र होइन, साँच्चै चिन्ताको विषयसमेत बनेको छ। स्रोत: बीबीसी