ब्रेकिङ स्टोरी

सांसद अमरेशकुमार सिंहद्वारा संसदभित्रै कपडा खोलेर विरोध

By खबरहब

May 08, 2023

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा बोल्न समय नदिएको भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदभित्रै कपडा खोलेर विरोध जनाएका छन् ।

सोमबार बसेको बैठकको सुरुमै सिंहले बोल्नका लागि सभामुखसंग समय माग गरेका थिए  । तर सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा जाने र बोल्न समय दिन नमिल्ने बताएपछि सिंहले कपडा खोलेका थिए ।  सिंहले कपडा खोलेपछि सभामुख घिमिरेले असभ्य व्यवहार नदेखाउन चेतावनी दिए ।

उनले सिंहले संसदीय मर्यादा कायम नगरे थप कारवाही गर्ने चेतावनी दिएपछि सिंहले कपडा लगाएका थिए । बैठकमा अन्य सांसदहरुले पनि बैठकको सुरुमै बोल्न माग गरेका थिए ।