काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गर्न शक्तिशाली आयोग गठनको माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद केसीले यस प्रकरणको निष्पक्ष छानविनका लागि पूर्वप्रधानन्यायाधीश संयोजकत्वमा निष्पक्ष, पार्दशी र स्वतन्त्र सर्वाधिकार सम्पन्न आयोग गठन गर्न माग गरेका हुन् ।
केसीले अन्य मुलुकमा राष्ट्रपति र प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरू कारबाहीमा परेको भन्दै हाम्रोमा पनि यो घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।