सांकेतिक तस्बिर

देश/प्रदेश

राहदानी विभागका नासु बेगनास तालमा मृत फेला

By खबरहब

May 08, 2023

पोखरा- परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा कार्यरत ३१ वर्षीय नायब सुब्बा अनुप भण्डारी मृत फेला परेका छन् । सोमबार बिहान पोखराको बेगनास तालमा उनी मृत फेला परेका हुन् ।

विराटनगर राजवंशी चोकका भण्डारी तालमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।